Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सोती घटनाको फैसलामा चौतर्फी स्वागत र प्रशंसा, ऐतिहासिक फैसलाले कानून व्यवसायीहरु हर्षित(खासखबर)

सोती घटनाको फैसलामा चौतर्फी स्वागत र प्रशंसा, ऐतिहासिक फैसलाले कानून व्यवसायीहरु हर्षित(खासखबर)

न्यायको आभास गरेको दलित अधिकारकर्मीको भनाइ
  • बुधवार, मंसिर २० २०८०

  • 677
    SHARES

  • सोती घटनाको फैसलामा चौतर्फी स्वागत र प्रशंसा, ऐतिहासिक फैसलाले कानून व्यवसायीहरु हर्षित(खासखबर)

    काठमाडौं । नेपालको संविधानले हत्या, हिंसा, बलात्कार, छुवाछुत गर्नेलाई कडा सजाय निर्दिष्ट गरेपनि यी घटनाहरु बेलाबखत भइरहेका हुन्छन्। समाजमा यसको ग्राफ झनै बढ्दै गएको पाइएको छ। बढ्दो प्रविधिसँगै यसका रुपहरु फरक हुँदै गएका छन्। जसमध्येको एक बर्बरतापूर्ण घटना हो, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटना। वि.सं. २०७७ जेठ १० गते सोतीगाउँमा जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको थियो।

    उक्त घटनाको मुद्दाको फैसला मंगलबार साँझ आएको हो। जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसूरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। जसमा नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। सोही मुद्धामा पीडितका पक्षबाट बहस गर्नुभएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यो फैसला ऐतिहासिक र मुलुकमा न्याय छ भन्ने सन्देशसहित आएको बताउनुभयो।

    साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएका छन्। त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ। घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए। उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए। यो घटनाले दलित समुदायको मनमा उब्जिएको ताप केही सेलाएपनि पर्याप्त भने नभएको दलित अधिकारकर्मी रीता परियारको भनाइ छ।

    भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए।

    घटनामा १२ जना घाइते भएका थिए। घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो। जिल्ला अदालतले गरेको यो फैसलाले न्यायको आभास भएको बताउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अन्तरजातीय विभेदको अन्त्य आजको आवश्यकता रहेको औँलयाउनुभयो।

    विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भएको थियो।


    बुधवार, मंसिर २० २०८००८:२४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij