Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मुर्रा राँगाको वीर्य संकलन पुसदेखि मात्रै,यस्तो छ प्रक्रिया..

मुर्रा राँगाको वीर्य संकलन पुसदेखि मात्रै,यस्तो छ प्रक्रिया..

  • बुधवार, मंसिर २० २०८०

  • 1.1K
    SHARES

  • मुर्रा राँगाको वीर्य संकलन पुसदेखि मात्रै,यस्तो छ प्रक्रिया..

    काठमाडौं। भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य संकलन आगामी पुसदेखि गरिने भएको छ। पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको पुसबाट मात्रै वीर्य संकलन गरिने निर्णय भएको हो ।

    पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयले बाहिरबाट ल्याइएका पशु चौपायालाई कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले पुसबाट मात्रै विर्य संकलन गरिने जानकारी दिनुभयो।

    पशु चौपायाबाट वीर्य संकलन गर्नका लागि करिब साढे दुई वर्षको उमेरको हुनुपर्ने उहाँले जनाउनु भयो। भारतबाट ल्याइएका मुर्रा राँगाको उमेर २४ महिनादेखि २८ महिना उमेरका छन्। ‘सबै राँगामा साढे दुई वर्षकै उमेर हुनु पर्छ भन्ने छैन,’ उहाँले भन्नुभयो, ‘कुनै–कुनै बाठा हुन्छन्।’

    उहाँका अनुसार एक पटकमा, एक मुर्रा राँगाबाट २ सय ५० डोज वीर्य संकलन गरिने छ। सातामा २ पटक वीर्य संकलन गरिने छ। १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए। किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ।

    उहाँका अनुसार साढे १९ सय कृत्रिम गर्भाधान गराउने सक्रिय संघ संस्थाहरु छन् । उनीहरूले किसानको घरमै गई कृत्रिम गर्भाधान गराउँदा कति रुपैयाँ पर्ने भन्न नसकिने उहाँको भनाइ छ ।

     


    बुधवार, मंसिर २० २०८००५:४१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij