Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बालकृष्ण खाँणको मुद्दामा मंसिर २८ मा सुनुवाइ हुने

बालकृष्ण खाँणको मुद्दामा मंसिर २८ मा सुनुवाइ हुने

  • बुधवार, मंसिर २० २०८०

  • 476
    SHARES

  • बालकृष्ण खाँणको मुद्दामा मंसिर २८ मा सुनुवाइ हुने

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ। उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो।

    उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बालकृष्ण खाणसँग धरौट माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको थियो।

    मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो।

    त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो। त्यसैगरी लक्ष्मी महर्जन,आशिष बुढाथोकी,टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै रिहा गर्ने आदेश दिएको थियो।

     


    बुधवार, मंसिर २० २०८००५:२७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij