Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विगतका सात कारोबार दिनसम्म लगातार घटेको सेयर सम्हालिदै

विगतका सात कारोबार दिनसम्म लगातार घटेको सेयर सम्हालिदै

  • बुधवार, मंसिर २० २०८०

  • 619
    SHARES

  • विगतका सात कारोबार दिनसम्म लगातार घटेको सेयर सम्हालिदै

    काठमाडौं । विगतका सात कारोबार दिनसम्म लगातार घटेको सेयर बजार बुधबार सम्हालिएको छ ।

    मंसिर १० गतेयता भएका सबै सात कारोबार दिनमा बजार घटेको थियो । बुधबार भने बजारको परिसूचक नेप्से ३।३ अंकले बढ्यो ।

    आजको वृद्धिपछि बजार १८४१ अंकमा कायम भएको छ । नेप्सेमा सुधार देखिए पनि कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १ अर्ब ५४ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार जम्मा १ अर्ब १४ करोडमा खुम्चियो । कुल १२१ कम्पनीको मूल्य बढ्दा १०६ को घट्यो भने १३ को स्थिर रह्यो ।

    समग्र सेयर बजार घट्दा बीमा समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । जीवन बीमा समूह ८४ अंक (१.२ प्रतिशत) तथा निर्जीवन बीमा समूह ७८ अंक (०.७ प्रतिशत) बढे । बीमाका अलावा व्यापार ११, अन्य ६, विकास बैंक ३, माइक्रोफाइनान्स समूह १६ अंक बढे । बैंकिङ १, फाइनान्स ३, होटल तथा पर्यटन १९, जलविद्युत् १, उत्पादन तथा प्रशोधन ३३ अंक घटे ।

    ग्लोबल आईएमई लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा विजय लघुवित्तको ८ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोको ७.८, मोलुङखोलाको ७.८, माउन्टेन इनर्जीको मूल्य ६.२ प्रतिशत बढ्यो । हिजोसम्म माउन्टेन इनर्जी कम्पनीको मूल्यमा उच्च गिरावट देखिएकोमा बुधबार सम्हालिएको छ ।

    सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो । अघिल्लो दिन १० प्रतिशत मूल्य बढेको यो कम्पनीको मूल्य बुधबार भने उच्च दरले घटेको हो । सबैको लघुवित्तको ५ तथा मिथिला लघुवित्तको मूल्य ४.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, सिटिजन लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।


    बुधवार, मंसिर २० २०८००४:०७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij