Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

वामदेव गौतमबिरुद्धको मुद्दा आज पनि पेसीबाटै स्थगित, राजनीतिक चलखेलको आशंका !

वामदेव गौतमबिरुद्धको मुद्दा आज पनि पेसीबाटै स्थगित, राजनीतिक चलखेलको आशंका !

  • बुधवार, आश्विन २८ २०७७

  • 1.1K
    SHARES

  • वामदेव गौतमबिरुद्धको मुद्दा आज पनि पेसीबाटै स्थगित, राजनीतिक चलखेलको आशंका !

    काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेको छैन । आज सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोक्नुभएको छ ।

    सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना सक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश ज.ब.रा.ले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गर्नुभएको थियो ।

    स्रोतका अनुसार यसअघि संवैधानिक इजलासका एक सदस्य ईश्वर खतिवडा ‘आइसोलेशन’ मा बसेको कारण देखाउँदै गौतमको मुद्दा पेसीबाट हटाइएको थियो । तर, आज उनै खतिवडाको नेतृत्वमा संयुक्त इजलास तोकिएको छ ।

    यद्यपि गौतमको हेर्दाहेर्दैको मुद्दाको संवैधानिक इजलास भने स्थगित गरिएको छ । राजनीतिक चलखेलले गौतमको मुद्दा संवैधाननिक इजलासको पेसीमा चढ्न नसकेको एक जना वरिष्ठ अधिवक्ताको भनाइ छ ।

    अब दशैंपछि कात्तिक १७ गते वा १९ गते मात्र गौतमको मुद्दाको संवैधानिक इजलास तोकिन सक्ने सम्भवाना रहेको गौतम पक्षका कानुन व्यवसायी अधिवक्ता सुरेन्द्र थापाले बताउनुभयो ।


    बुधवार, आश्विन २८ २०७७१२:३०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij