काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएको छ। श्रेष्ठ छातीमा असहज महशुस भएपछि मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्।
उहाँको ‘लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरी’को एन्जियोप्लास्टी गरिएको हो। यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उहाँको ‘लेफ्ट सर्कमफ्लेक्स आर्टरी’मा एन्जियोप्लास्टी गरिएको थियो।
उहाँको स्वास्थ अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।