Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

  • मंगलवार, मंसिर १९ २०८०

  • 621
    SHARES

  • एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक

    काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे बैठकमा छलफल हुनेछ ।

    बैठकमा दलका शीर्ष नेताका साथै अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय कर्मचारीहरुको सहभागिता रहेको छ ।

    प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना भएको समाचार प्रकाशितप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै आएका छन् ।

    प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएको स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।


    मंगलवार, मंसिर १९ २०८००६:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij