Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

ओम्नी प्रकरणको पुनः छानबिन गरिँदै, यस्तो छ लेखा समितिको तयारी

ओम्नी प्रकरणको पुनः छानबिन गरिँदै, यस्तो छ लेखा समितिको तयारी

  • मंगलवार, मंसिर १९ २०८०

  • 603
    SHARES

  • ओम्नी प्रकरणको पुनः छानबिन गरिँदै, यस्तो छ लेखा समितिको तयारी

    काठमाडौं। विवादित ओम्नी प्रकरणमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पुनः छानबिन गर्ने भएको छ। छानबिनका लागी समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग मागेको छ।

    समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि अध्ययन गरिरहेको छ। सोही क्रममा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक साताअघि पत्र लेखेर कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको सचिव एकराम गिरीले जानकारी दिनुभयो।

    पत्रमा यथाशीघ्र विवरण उपलब्ध गराउनू भने पनि स्वास्थ्य मन्त्रालयले जवाफ नपठाएको समिति सचिवालयले जनाएको छ। नेपालमा कोरोना महामारी फैलिन नदिन २०७६ साल चैतमा सरकारले लकडाउन गरेको थियो।

    त्यही बेला सरकारले आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो। तर विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो।

    प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफलसमेत गरेको थियो। तर टुंगोमा पुगेको थिएन।सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सामग्री खरिद प्रक्रिया कानुनविपरीत भएको प्रतिवेदन समेत दिएको थियो।

    लेखा समितिले ३ पुस २०७७ मा ओम्नी प्रकरणमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो । २०७९ मंसिरको चुनावपछि गठन भएको संसदको सार्वजनिक लेखा समितिले यो विषयमा पुनः छलफल अघि बढाउन खोजेको हो।


    मंगलवार, मंसिर १९ २०८००४:४२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij