Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एनसेल घोटला तत्काल छानबिन गरौंः गगन थापा

एनसेल घोटला तत्काल छानबिन गरौंः गगन थापा

  • मंगलवार, मंसिर १९ २०८०

  • 521
    SHARES

  • एनसेल घोटला तत्काल छानबिन गरौंः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका नेताद्वय महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एनसेल घोटला छानविन गर्न माग गर्नुभएको छ।

    नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हालै एनसेलमा अर्बौं घोटला भएको समाचार सार्वजनिक भएको भन्दै यसबारे छानविन हुनुपर्ने माग गर्नुभयो ।

    उहाँले सरकारमा कांग्रेस भएजस्तो नभएको भन्दै अनियमितता र भ्रष्टाचार बढेको बताए। थापाले एनसेल घोटलामा ठूलै व्यक्तिहरू संलग्न भएको भन्दै छानविन गर्नुपर्ने बताउनुभयो।

    उहाँले अहिले कोही सिंहदरवार जलाउने र कोही राजतन्त्र ल्याउने भन्न थालेको भन्दै त्यस्ता अराजकहरूबाट यो व्यवस्था बचाउन र सुशासन कायम गर्न कांग्रेसले नेतृत्व गर्नुपर्ने बेला आएको बताउनुभयो।

    नेता कार्यकर्ताहरूलाई उहाँले अलमलमा नपर्न सुझाव दिँदै संघ, प्रदेश र स्थानीयमा जताततै कांग्रेस सरकारमा भए पनि भएजस्तो नभएकाले नागरिकको अवस्था परिवर्तन नभएको बताउनुभयो।

    त्यस्तै नेता शेखर कोइरालाले सरकारको स्वामित्वमा आउन लागेको एनसेल बेचबिखनमा राज्यकै संलग्नता भएको बताउँदै आफूहरूले गम्भीर रूपमा लिएको बताउनु भयो।

    उहाँले राजनीतिज्ञ, कर्मचारी र व्यापारी मिलेर एनसेल घोटला भएको दाबी गर्नुभयो। सदन र सडकबाट यो विषयलाई जनता समक्ष लैजाने कोइरालाले बताउनुभयो।


    मंगलवार, मंसिर १९ २०८००४:२८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij