Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीले पार्टीको विधान हेरफेर गर्ने

एकीकृत समाजवादीले पार्टीको विधान हेरफेर गर्ने

  • मंगलवार, मंसिर १९ २०८०

  • 374
    SHARES

  • एकीकृत समाजवादीले पार्टीको विधान हेरफेर गर्ने

    काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले विधानमा हेरफेर गर्ने भएको छ। आगामी माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गर्ने भएकाले त्यसको गृहकार्य गर्न सचिवालय बैठकले कार्यदल नै गठन गरिएको छ।

    कार्यदलको संयोजकमा उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. बेदुराम भुसाल रहनुभएको छ भने महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहनुभएको छ।

    सम्मेलनको व्यवस्थापनका लागि नेताहरु गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी सचिवालय बैठकले प्रदान गरेको छ।

    त्यस्तै राष्ट्रिय महाधिवेशनमा पेस गर्ने पार्टी दस्ताबेज मस्यौदा तयार गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा कमिटी गठन गरेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो।

    जसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा विशेष क्षेत्रका सदस्यहरु रहनेछन्।

     


    मंगलवार, मंसिर १९ २०८००३:३६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij