Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

ओलीलाई नौ वर्षीय बालकको भावुक पत्र

ओलीलाई नौ वर्षीय बालकको भावुक पत्र

  • मंगलवार, मंसिर १९ २०८०

  • 1.4K
    SHARES

  • ओलीलाई नौ वर्षीय बालकको भावुक पत्र

    काठमाडौं। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले भावुक पत्र लेखेका छन्। अध्यक्ष ओलीले आज आँफै ९ बालेकले पत्र लेखेर विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेको बताउनु भएको छ।

    अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह दिएको उल्लेख गर्नुभएको छ ।

    ओलीले फेसबुकमा लेख्नुभएको छ,“हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिट्ठी हातमा थमाए । स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए। मैले सोचे– हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी–बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौँ, सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।”

    यस्तो छ बालक पौडेलले लेखेको पत्रः

    aa.jpg


    मंगलवार, मंसिर १९ २०८००३:२१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij