Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेको समृद्धिका लागि संकल्प यात्राः आज रुकुमकोटमा सभा

एमालेको समृद्धिका लागि संकल्प यात्राः आज रुकुमकोटमा सभा

  • मंगलवार, मंसिर १९ २०८०

  • 382
    SHARES

  • एमालेको समृद्धिका लागि संकल्प यात्राः आज रुकुमकोटमा सभा

    काठमाडौं । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन आज मंगलबार रुकुमकोट सभा हुँदै छ ।

    सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट पुग्न यात्रा टोलीले करिब २ सय किलोमिटर दुरी पार गर्नुपर्नेछ। हिजो दैलेखबाट सुर्खेत आउने क्रममा ठाउँठाउँमा पानी परे पनि कार्यक्रमहरु भब्य भएका छन् भने जनसहभागिता उल्लेख्य मात्रा जुटेको छ।

    आजको यात्रा बिहान ८ बजे सुरु हुने एमाले नेताले बताएका छन् । आज सुर्खेतकै सिम्तामा बिहानको खाना खाने कार्यक्रम रहेको छ। यात्राका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भेरी बबइ डाइभर्सनको निरीक्षण गर्ने, सल्लीबजार, छेडे बजार, सेरी गाउँ, मुसिकोट लगायतका ठाउँमा स्थानीय नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई भेटघाट गर्नेछन्।

    भूकम्पले क्षतिग्रस्त भएको रुकुमको चौरजहारीमा पुननिर्माण सम्बन्धी छलफल हुने एमालेले जनाएको छ।

    एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ ।

    अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

    यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ ।

    यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।


    मंगलवार, मंसिर १९ २०८००८:०६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij