Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एमालेले आज वीरेन्द्रनगरमा जनसभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

एमालेले आज वीरेन्द्रनगरमा जनसभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

  • सोमवार, मंसिर १८ २०८०

  • 575
    SHARES

  • एमालेले आज वीरेन्द्रनगरमा जनसभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

    काठमाडौं। नेकपा एमालेले आफ्नो ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’अभियानको पाँचौ दिन आज सुर्खेतमा आमसभा गर्दै छ। आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म ७१ किलोमिटरको हुने एमालेले जनाएको छ।

    हिजो अछामको मंगलसेनदेखि दैलेख बजारसम्म एमाले टोलीले १ सय ५४ किलोमिटरको यात्रा तय गरेको थियो। सुर्खेतको पार्टी कार्यालय परिसरमा हुने उक्त जनसभालाई पनि अध्यक्ष केपी शर्मा ओलीले नै सम्बोधन गर्ने तालिका तय गरिएको छ।

    जनसभालाई सम्बोधनपछि अध्यक्ष ओली काँक्रेविहार क्षेत्रको अवलोकन र थारु समुदायले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। वीरेन्द्रनगरमा हुने जनसभालगायत सबै कार्यक्रमको तयारी पूरा भएको एमाले सुर्खेतले जनाएको छ।

    अध्यक्ष ओली भोली पनि वीरेन्द्रनगरमै बस्ने र मंगलवार पूर्वी सुर्खेतका विभिन्न स्थानका भेला र कार्यक्रममा सहभागि हुँदै जाजरकोटतर्फ प्रस्थान गर्ने तालिका तय छ।

    ‘सम्बन्ध स्थानीयः सन्देश राष्ट्रिय’भन्ने मूलनाराका साथ मध्यपहाडी लोकमार्ग केन्द्रित यो अभियानमा पार्टीका सबै पदाधिकारीसहित डेढ सय बढी नेताहरु सहभागि छन्।


    सोमवार, मंसिर १८ २०८०१०:२२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij