Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान, यस्तो छ भ्रमण तालिका

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान, यस्तो छ भ्रमण तालिका

  • सोमवार, मंसिर १८ २०८०

  • 524
    SHARES

  • उपप्रधानमन्त्री खड्का घाना प्रस्थान, यस्तो छ भ्रमण तालिका

    काठमाडौं।उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गर्नुभएको छ।अन्तर्राष्ट्रिय शान्ति स्थापना सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का गएराति घाना प्रस्थान गर्नुभएको हो।

    संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुँदैछ। सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ।

    सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनालाई सहयोग पु¥याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने छ।

    उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधनसँगै विभिन्न प्रतिबद्धता पनि व्यक्त गर्नुहुने कार्यक्रम छ।


    सोमवार, मंसिर १८ २०८००९:३०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij