Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फिर्ता

प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फिर्ता

  • आइतवार, मंसिर १७ २०८०

  • 438
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फिर्ता

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएई भ्रमण सकेर स्वदेश फर्कनुभएको छ। दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कनुभएको हो।

    प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री,नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए।

    हिजो कोप–२८ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको थियो।

    उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको थियो।

    सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्ड यही मङ्सिर १३ गते दुबई प्रस्थान गर्नुभएको थियो।


    आइतवार, मंसिर १७ २०८००७:४८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij