Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘फागुन १ मा राजाकै हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गरिन्छ’: दुर्गा प्रसाईँ

‘फागुन १ मा राजाकै हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गरिन्छ’: दुर्गा प्रसाईँ

  • आइतवार, मंसिर १७ २०८०

  • 639
    SHARES

  • ‘फागुन १ मा राजाकै हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गरिन्छ’: दुर्गा प्रसाईँ

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ सञ्चालन गर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताउनु भएको छ।

    राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उहाँको दाबी छ । आज विहान आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ।’

    प्रसाईँले राजाले पनि चुप लागेर दरबारभित्र बस्न छाडेर जनताको आँसु पुछ्न सडकमा आउनुपर्ने बताउनु भयो। प्रसाईंले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताउनु भयो।

    मङ्सिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने उहाँको दाबी छ। उहाँले नागरिक सरकारमा राष्ट्रवादी शक्तिहरू,युटुबर भनेर हेपिएका मूलधारबाहिरका सञ्चारकर्मीहरूलाई समेत समेटिने बताउनु भयो।

    प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा सङ्घको दादागिरी पराजित गर्न सकिएको दाबी गर्नुभयो।

     

     


    आइतवार, मंसिर १७ २०८००४:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij