Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कोप–२८ मा सहभागी हुन यूएईमा पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

कोप–२८ मा सहभागी हुन यूएईमा पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

  • आइतवार, मंसिर १७ २०८०

  • 302
    SHARES

  • कोप–२८ मा सहभागी हुन यूएईमा पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

    प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने कार्यतालिका रहेको छ ।

    प्रधानमन्त्री गत १३ गते यूएई जानुभएको थियो । हिजो कोेप २८ मा सम्बोधन गर्दै उहाँले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताउनुभएको थियो । उहाँले नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग गर्नुभएको छ ।


    आइतवार, मंसिर १७ २०८०११:१७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij