काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको बन्दसत्र सुरु हुन लागेको छ । रुपन्देही जिल्लाको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाह्लमा सुरु हुने तयारी अवस्थामा रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्ने अपेक्षा सहित नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको आयोजना गरिएको बताउनु भएको छ ।
प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ । सम्मेलन हिजो र आजसम्म जारी रहेको छ । सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरु,प्रदेशबाट केन्द्रमा प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसमेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी भएका छन ।
हिजो उद्घाटन सत्रपछि आज राजनीतिक प्रतिवेदन,सागठनिक प्रतिवेदन,आर्थिक प्रतिवेदन पेस हुनेछन् ती प्रतिवेदनमाथि प्रतितिधिहरुको छलफलपछि पार्टी आगामी कार्य दिशा तय गर्ने बताइएको छ ।