Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

  • आइतवार, मंसिर १७ २०८०

  • 1.3K
    SHARES

  • फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प

    एजेन्सी । पूर्वी फिलिपिन्सको मिण्डानाओ टापुमा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे यूएसजीएसले जनाएको छ ।

    हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र अरु केही देशहरुमा पनि महसुस गरिएको छ ।

    भूकम्पपछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल जानकारी प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली देश हो ।


    आइतवार, मंसिर १७ २०८००७:२६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij