Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मलेसिया भ्रमणमा जाँदै रवि लामिछाने,यस्तो छ भ्रमण तालिका...

मलेसिया भ्रमणमा जाँदै रवि लामिछाने,यस्तो छ भ्रमण तालिका...

  • शनिवार, मंसिर १६ २०८०

  • 927
    SHARES

  • मलेसिया भ्रमणमा जाँदै रवि लामिछाने,यस्तो छ भ्रमण तालिका...

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने आज मलेसिया भ्रमणमा जानुहुने भएको छ। मलेसियामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन सभापति लामिछाने आज मलेसिया प्रस्थान गर्न लाग्नु भएको हो।

    सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरालाई लिएर सभापति लामिछाने तीनदिनका लागि मलेसिया भ्रमणमा जान लाग्नु भएको रास्वपाले जनाएको छ।

    रास्वपा सहप्रवक्ता तथा सभापतिको सचिवालय संयोजक प्रतिभा रावलका अनुसार उहाँहरु आज राति १०ः२० बजे मलेसिया जान लाग्नु भएको हो। लामिछानेले मलेसिया भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।


    रावलकाअनुसार आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ। भने सोमबार मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।

    सभापति लामिछाने विदेश भ्रमणमा रहेका बेला कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई र संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठलाई संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी तोकिएको छ। लामिछाने मंसिर १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।


    शनिवार, मंसिर १६ २०८००३:४९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij