काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव जातिलाई जोगाउनका लागि हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।
आज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन(कोप–२८)मा उच्चस्तरीय राउण्ड टेबल बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री प्रचण्डले हिमाल बचाऔं अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताउनुभएको हो।
उहाँले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई नै अपिल गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो।
प्रधानमन्त्री प्रचण्डले विश्वका नेताहरुले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो।
उहाँले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्युनिकरणका लागि विगतमा गरिएका गरिएका निर्णय तथा प्रतिवद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।