Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज अछामको मंगलसेनमा सभा हुँदै

एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज अछामको मंगलसेनमा सभा हुँदै

  • शनिवार, मंसिर १६ २०८०

  • 397
    SHARES

  • एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज अछामको मंगलसेनमा सभा हुँदै

    काठमाडौं । नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज अछामको मंगलसेनमा सभा हुने भएको छ । हिजो डडेलधुराको अमरगढीमा आमसभा गरेको एमालेले आज अछाममा गर्न लागेको हो ।

    एमाले नेताकाअनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट र अन्तरक्रिया हुने कार्यतालिका रहेको छ ।

    दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ । उक्त टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने तय गरेको छ ।

    एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ । यो अभियानलाई एमालेले ‘संकल्पको यात्रा’ नाम दिएको छ । अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।

    यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ ।

    यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्साउने बताइएको छ । १८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ । एमालेले यो यात्रालाई आगामी चुनाव केन्द्रित अभियानको रुपमा लिएको छ ।


    शनिवार, मंसिर १६ २०८०१०:२८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij