Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कोप–२८ लाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै

कोप–२८ लाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै

  • शनिवार, मंसिर १६ २०८०

  • 352
    SHARES

  • कोप–२८ लाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्दै

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसंघीय सम्मेलन कोप–२८ लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्बोधन गर्दै हुनुहुन्छ । यहि बिहिबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज सम्बोधन गर्न लाग्नुभएको हो ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो ।

    प्रधानमन्त्रीले आज जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् ।

    जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो संकटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा पनि चर्चामा रहेका जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका प्रयाससम्बन्धी धेरै विषयमा बृहत् छलफल हुँदै छ ।

    प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


    शनिवार, मंसिर १६ २०८०१०:२५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij