काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच मत बाझिएको छ । दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् । अब तेस्रो न्यायाधीश समक्ष खाँडको मुद्दा पेस गरिने उच्च अदालत पाटनले जनाएको छ ।
उनलाई पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी माग गर्ने आदेश गर्नुभएको थियो भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गर्नुभएको छ ।