Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरणः पाटनमा सुनुवाइ सकिएपछि आज आदेश आउने

नक्कली शरणार्थी प्रकरणः पाटनमा सुनुवाइ सकिएपछि आज आदेश आउने

  • शुक्रवार, मंसिर १५ २०८०

  • 346
    SHARES

  • नक्कली शरणार्थी प्रकरणः पाटनमा सुनुवाइ सकिएपछि आज आदेश आउने

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि उच्च अदालत पाटनमा हिजो सुनुवाइ सकिएको छ।

    न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ हिजो सकिएको हो। हिजो प्रतिवादीतर्फका कानुन व्यवसायीले जवाफी बहस सकेका हुन् ।

    आदेश भने आज आउने अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । उनीहरूले आफ्ना पक्षलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामा नराख्न माग गर्दै काठमाडौं जिल्ला अदालतको थुनछेक आदेश खारेजीको माग गरेका छन्।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ। जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेको थियो।

    धरौटीमा छाडिएकामध्ये दुई जनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।

     


    शुक्रवार, मंसिर १५ २०८००७:०८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij