Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घटेर सेयर बजार बन्द

साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घटेर सेयर बजार बन्द

  • बिहिवार, मंसिर १४ २०८०

  • 631
    SHARES

  • साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घटेर सेयर बजार बन्द

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घटेर सेयर बजार बन्द भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १८.०६ अंकले घट्दै १८ सय ५८.५३ विन्दुमा झरेको हो ।

    यस्तै आज सेयर बजारको सेन्सेटिभ इन्डेक्स समेत २.८० अंकले घट्दै ३५६.०८ अंकमा रोकिएको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्डबाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।

    हाइड्रोपावर समूहको उपसूचक आज १.७३ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.५९ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.५६ प्रतिशतले घटेको छ । बाँकी अरु ९ वटा उपसूचक १ प्रतिशतले घटेका छन् ।

    तथापि, आज म्युचुअल फन्डतर्फको उपसूचक भने ०.११ प्रतिशतले बढेको छ । १८ अंक माथिले घटेको बजारमा आज १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।


    बिहिवार, मंसिर १४ २०८००३:५९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij