काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गर्नुभएको छ ।
कोप–२८ मा सहभागी हुन युएई पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा नेपाली समुदायको हितमा भए–गरेका काम कारबाहीको जानकारी लिनुभएको छ ।
उहाँले दूतावासका अधिकारीहरुलाई सेवाप्रवाह अझ प्रभावकारी बनाउन निर्देशन समेत दिनुभएको छ। प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन बुधबार राति दुबई जानुभएको हो ।