Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुसले इरानलाई सैन्य विमान पठाउने

रुसले इरानलाई सैन्य विमान पठाउने

  • बुधवार, मंसिर १३ २०८०

  • 795
    SHARES

  • रुसले इरानलाई सैन्य विमान पठाउने

    काठमाडौं । इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।

    अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकु जेट, मिल एमआई–२८ लडाकु हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे ।

    “विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उनले भने ।

    इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु–३५ लडाकु विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए ।


    बुधवार, मंसिर १३ २०८००४:०४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij