Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निणर्य

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निणर्य

  • बुधवार, मंसिर १३ २०८०

  • 404
    SHARES

  • राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निणर्य

    काठमाडौं। राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निणर्य गरेको हो ।

    बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।

    आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई नियुक्ति गर्ने निणर्य पनि मन्त्रिपरिषद्ले गरेको छ ।


    बुधवार, मंसिर १३ २०८०१२:४९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij