Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छैन : आपूर्ति मन्त्री भट्ट

उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छैन : आपूर्ति मन्त्री भट्ट

  • मंगलवार, आश्विन २७ २०७७

  • 1.2K
    SHARES

  • उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छैन : आपूर्ति मन्त्री भट्ट

    काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको दाबी गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको दाबी गर्नुभएको हो ।

    लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको उहाँले उल्लेख गर्नुभयो । तर विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टको भनाइ छ ।

    अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि उहाँले बताउनुभयो । निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले उल्लेख गर्नुभयो ।

    आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको मन्त्री भट्टको दाबी छ । कर र राजस्वका विभिन्न विषयमा सुधार गरीे उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेकोमा उहाँले जोड दिनुभयो ।


    मंगलवार, आश्विन २७ २०७७०३:१०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij