Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीको प्रतिरक्षा बहस सकियो, अब ३ जनाको बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीको प्रतिरक्षा बहस सकियो, अब ३ जनाको बाँकी

  • मंगलवार, मंसिर १२ २०८०

  • 1.1K
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझीको प्रतिरक्षा बहस सकियो, अब ३ जनाको बाँकी
    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन्।
     
    मंगलबार(आज) खाजा समयअघि पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको प्रतिरक्षा बहस सकिएको छ। सोमबारबाट बहस सुरु गरेका रायमाझीका कानुन व्यवसायीले मंगलबारको खाजा ब्रेकअघि बहस सकाएका हुन्। 
     
    रायमाझीका तर्फको बहस सकिएसँगै अब ३ जना प्रतिवादीहरूको तर्फबाट मात्रै बहस हुन बाँकी छ। अब रामशरण केसी, केशव तुलाधर र सागर राईको तर्फबाट प्रतिरक्षा बहस हुनेछ। उनीहरू ३ जना प्रतिवादीको तर्फबाट प्रतिरक्षा बहस सकिएपछि सरकारी वकिल पक्षले बहस गर्नेछन्। सरकारी पक्षको बहस सकिएपछि निवेदक (प्रतिवादी)का कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि पुनरावेदन निवेदनको फैसला आउने छ। 
     
    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गरेको पाइएपछि हाइप्रोफाइल व्यक्तिसहितलाई पक्राउ गरेर मुद्दा चलाइएको थियो। 
     
    गत असार १ गते काठमाडौं जिल्ला अदालतले टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा रिहा र अन्य सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 
     
    जिल्लाको सोही आदेशविरुद्ध प्रतिवादीहरू उच्च गएका थिए। उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।


    मंगलवार, मंसिर १२ २०८००२:५३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij