Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट घर फिर्ता पठायो

दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट घर फिर्ता पठायो

  • मंगलवार, मंसिर १२ २०८०

  • 2.3K
    SHARES

  • दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट घर फिर्ता पठायो

    काठमाडौं । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । पेप्सिकोला चोकमा रोकेर उहाँलाई ठिमी स्थित घरमा फिर्ता पठाइएको उपत्यका प्रहरीले जनाएको छ ।

    गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ ।

    सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो ।

    पक्राउ पर्नेमा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पनि छन् । पक्राउ गरिएका मध्ये केहीलाई मुद्दा चलाउने प्रहरीको तयारी छ ।

     


    मंगलवार, मंसिर १२ २०८००१:४८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij