काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज मंगलबार पनि बस्दै छ । महोत्तरीको जलेश्वरमा हिजोबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
हिजोको बैठकमा सांसदहरूले रिपोर्ट प्रस्तुत गरेका थिए । भोलिसम्म चल्ने बैठकबाट वैचारिक, राजनीतिक विषयमा महत्वपूर्ण निर्णय हुने नेताहरूले जनाएका छन् ।