Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कसैले चाहेर राजतन्त्र फर्किँदैन : सभापति देउवा

कसैले चाहेर राजतन्त्र फर्किँदैन : सभापति देउवा

  • सोमवार, मंसिर ११ २०८०

  • 632
    SHARES

  • कसैले चाहेर राजतन्त्र फर्किँदैन : सभापति देउवा
    काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ । 
     
    “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन” सोमबार नेपाली काँग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधान सभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किँदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउनु पर्छ ।” 
     
    त्यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले देशमा भइरहेको राजनीतिक तरलतालाई समाधान गर्न नेपाली काङ्ग्रेस लाग्नुपर्ने बताउनुभयो । आफू सत्तामा हुँदा वा नहुँदा देश विकास गर्न सधैँ अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । उहाँले गण्डकी प्रदेशको विकासका लागि त्रिवेणी नाका खुलाइ आर्थिक गतिविधिमा चलायमान गराउने बताउनुभयो । दुम्कीबासदेखि त्रिवेणी नाकासम्म जाने बाटो आफ्नो कार्यकालमा खोल्ने प्रतिबद्धता जनाउनुभयो ।  


    सोमवार, मंसिर ११ २०८००५:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij