Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टीकै मान्छेहरुले सरकारका कामलाई राम्रो भन्न सकेनन् : प्रचण्ड

पार्टीकै मान्छेहरुले सरकारका कामलाई राम्रो भन्न सकेनन् : प्रचण्ड

  • सोमवार, मंसिर ११ २०८०

  • 456
    SHARES

  • पार्टीकै मान्छेहरुले सरकारका कामलाई राम्रो भन्न सकेनन् : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो कामलाई पार्टी संगठनले नै राम्रो भन्न नसकेको गुनासो गर्नुभएको छ ।

    पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट इमान्दार प्रयत्न भइरहेको बताउनुभयो । पछिल्लो पटक नेपाल सम्वतबारे गरेको निर्णयलाई उपत्यकाको नेवार समुदायले राम्रो मानेको भन्दै उहाँले भन्नुभयो, ‘अरुले राम्रो भनेका छन्, बधाई दिएका छन् । तर हाम्रै संयन्त्र चाहिँ कताकता राम्रो भन्न तयार भएको देखिँदैन ।’

    आत्मविश्वासका साथ सरकारले गरेको कामको पक्षमा उभिन उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । आइतबार मात्र आफूले सुकुम्बासी समस्या समाधानका लागि एक साताभित्र ऐन संशोधन गर्ने निर्णय गरेको उहाँले सुनाउनुभयो। वन ऐन पनि संशोधन गर्ने निर्णय भएको भन्दै उहाँले त्यसपछि सुकुमबासी समस्या समाधान हुने दाबी गर्नुभयो ।


    सोमवार, मंसिर ११ २०८००४:३९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij