Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने

कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने

  • सोमवार, मंसिर ११ २०८०

  • 721
    SHARES

  • कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन बुधबार यूएई जानुहुने भएको छ। कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ। सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार त्यसतर्फ जानुहुने छ।
     
    भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, बन तथा वातावरण मन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरू छन्।  
     
    प्रधानमन्त्री प्रचण्डले १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरूको एजेण्डा उठाउन ‘हिमालको पुकार : जलवायु संकटबाट हामीलाई कसले बचाउनेछ?’ कार्यक्रम आयोजना गर्नुहुने छ।
     
    सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ताहरू पनि गर्नुहुने छ। यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्नुहुने छ।


    सोमवार, मंसिर ११ २०८००३:५६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij