Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्राकृतिक विपत् जोखिम न्यूनीकरण साझा प्रयासबाट मात्रै संम्भव : प्रधानमन्त्री ओली

प्राकृतिक विपत् जोखिम न्यूनीकरण साझा प्रयासबाट मात्रै संम्भव : प्रधानमन्त्री ओली

  • मंगलवार, आश्विन २७ २०७७

  • 853
    SHARES

  • प्राकृतिक विपत् जोखिम न्यूनीकरण साझा प्रयासबाट मात्रै संम्भव : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्राकृतिक विपत् जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक विपत् जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमा उहाँले व्यापक जागरण र सबैको साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभएको हो ।

    जोखिम प्रकट हुनै नपाउने र भइहाले त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। उद्धार, राहत र पुनर्निर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सरकारले आफ्नो सहभागितालाई बढाउँदै लगेको पनि उहाँको भनाई छ ।
    केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहित गर्ने र सबै तहमा जानकारी गराउने काम भइराखेको पनि प्रधामन्त्री ओलीले बताउनुभयो ।

    सन् २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपत् जोखिमको सन्दर्भमा महत्त्वपूर्ण दृष्टिकोण अगाडि सारेर काम गरिराखेको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा विपत् जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । विपत् न्यूनीकरणका लागि मानविय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उहाँको भनाइ थियो ।
    पछिल्लो समय कोरोना भाइरसले मानवीय र अर्थतन्त्रमाथि गम्भिर क्षति पुर्‍याएकाले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले जोड दिनुभयो । कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।


    मंगलवार, आश्विन २७ २०७७०२:३९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij