Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन

  • आइतवार, मंसिर १० २०८०

  • 281
    SHARES

  • क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन

    काठमाडौं । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

    आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको जसपाका सांसद प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

    परराष्ट्र सचिवसमेत रहनुभएका पौड्याललाई सरकारले क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो । यही मंसिर २० गते सचिवको कार्यकाल सकिदै गर्दा सरकारले उहाँलाई क्यानडाको राजदूतमा सिफारिस गरेको हो ।

    सरकारले सिफारिस गरेपछि समितिले अनुमोदन गर्ने र तयसपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । पौडेलविरुद्ध दुई उजुरी परेका थिए । बैठकमा पौडेलले दिएको उजुरीमाथिको जवाफ चित्त बुझ्दो भएकाले सर्वसम्मत अनुमोदन गरेको अधिकारीले जानकारी दिनुभयो ।


    आइतवार, मंसिर १० २०८००५:२९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij