Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

  • आइतवार, मंसिर १० २०८०

  • 660
    SHARES

  • राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको कार्य सम्पादन समितिको बैठक भोलि बिहान आठ बजे बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रम बारे छलफल गर्न भोलि बिहान बैठक डाकिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
     
    ‘काठमाडौंमा उपलब्ध कार्य सम्पादन समितिका सदस्यहरूलाई सचिवालय मार्फत खबर गरिएको छ, उपत्यका बाहिरका पनि अनुकूल हुने उपस्थित हुनुहुनेछ’ बर्तौलाले भन्नुभयो । उहाँका अनुसार पछिल्लो समय भएको आन्दोलन, व्यवस्था र नेतृत्व तह प्रति देखिएको जनताको वितृष्णा र आक्रोश , मुलुकको अवस्थाका बारेमा महत्त्वपूर्ण छलफल भई पार्टीले नयाँ रणनीति अख्तियार गर्नेछ । गृह जिल्ला हेटौंडामा रहेका थापा बैठकका निमित्त भनी काठमाडौं आइपुगिसक्नुभएको छ । थापाले पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, एजेन्डाको पक्षमा जसले आवाज उठाए आन्दोलन गरे पनि नैतिक समर्थन हुने स्पष्ट पार्नुभएको थियो ।
     
    दुर्गा प्रसाईंको आन्दोलनमा प्रहरी दमनको थापाले विरोध गर्नुभएको छ भने जनआवाजलाई नजरअन्दाज नगर्न र गम्भीरतापूर्वक लिन सत्तासीन दलहरूलाई आग्रह गर्नुभएको थियो । केही दल र नेताहरूले राजाको विरोध गरेकोमा थापाले असन्तुष्टि व्यक्त गर्दै यो राजसंस्था प्रतिको आकर्षणका विरुद्ध गणतान्त्रिक नेताहरूको बर्बराहट भन्ने टिप्पणी गर्नुभएको थियो ।


    आइतवार, मंसिर १० २०८००१:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij