Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईलाई नजरबन्दमा राख्नुपर्ने कारण नै नभएको तर्क,अबदेखी तीनकुनेमा कार्यक्रम गर्न नपाईने,निर्णय मान्नैपर्नेमा जोड(खासखबर)

दुर्गा प्रसाईलाई नजरबन्दमा राख्नुपर्ने कारण नै नभएको तर्क,अबदेखी तीनकुनेमा कार्यक्रम गर्न नपाईने,निर्णय मान्नैपर्नेमा जोड(खासखबर)

  • शनिवार, मंसिर ९ २०८०

  • 1.1K
    SHARES

  • दुर्गा प्रसाईलाई नजरबन्दमा राख्नुपर्ने कारण नै नभएको तर्क,अबदेखी तीनकुनेमा कार्यक्रम गर्न नपाईने,निर्णय मान्नैपर्नेमा जोड(खासखबर)

    काठमाडौं। मंसीर ७ गतेदेखि सुरु भएको मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शन आज सम्म पनि जारी छ। आज गौशालास्थित जयबागेश्वरी पछाडीको सिफल चौरमा प्रसाईंका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए।

    सुरुमा माईतिघर मण्डलामा तय भएको कार्यक्रम पछि स्थानिय प्रशासनको आदेश पछि मंसिर ७ मा बल्खुमा भएको थियो। तर बल्खु पछि पनि प्रसाईको आन्दोलन जारी छ।

    तिनकुनेमा कार्यक्रम गर्ने भनेका प्रसाईलाई प्रशासनले भने त्यहाँ गर्न नपाईने भनेपछि आजको प्रर्दशन सिफल चौरमा भएको थियो।काठमाडौंको स्थानीय प्रशासनले अब कुनै पनि किसिमका कार्यक्रम तीनकुनेमा राख्न नदिने जनाएको छ। आफुहरुले तीनकुनेको अप्सन हटाइसकेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भएको छ।

    तीनकुने अन्तर्राष्ट्रिय विमानस्थल छेउमा रहेको र आयल निगमको हवाई डिपो पनि भएकाले आइकाओको प्राटोकल अनुसार त्यसरी कार्यक्रम गर्न दिन मिल्दैन भनेर अस्ति नै पर्यटन मन्त्रालयले प्रश्न उठाएकाले त्यहाँको अप्सन हटाएको उहाँको भनाई छ।

    प्रसाई समूहलाई आन्दोलनका कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भनेको पनि काठमाडौंका प्रजिअले बताउनु भएको छ। उहाँले प्रसाईको समूह नियन्त्रण बाहिर रहेको जिकिर गर्नुभएको छ।

    गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले दुर्गा प्रसाईलाई तोकिएको स्थानबाट मात्र कार्यक्रम गर्न आग्रह गर्दै प्रसाईले स्थानिय प्रसासनको निर्णय मान्नुपर्ने बताउनुहुन्छ।

    नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले दुर्गा प्रसाईको आन्दोलनबाट कुनै परिवर्तन नहुने ठोकुवा गर्नुहुन्छ। तर, दुर्गा प्रसाईलाई कार्यक्रम गर्न दिनुपर्ने, सभा सम्मेलन गर्ने अधिकार जसले पनि पाउनुपर्ने तर्क उहाँको छ। तर आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार उल्लंघन गर्न नहुनेमा उहाँ जोड दिनुहुन्छ।

    दुर्गा प्रसाईको प्रदर्शन काठमाडौंमा जारी रहदा पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभएको छ। कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ।

     


    शनिवार, मंसिर ९ २०८००८:२३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij