Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पूर्वराजा ज्ञानेन्द्रलाई गगन थापाको चुनौती : ‘हिम्मत भए पार्टी खोलेर चुनाव लड्न आए हुन्छ’

पूर्वराजा ज्ञानेन्द्रलाई गगन थापाको चुनौती : ‘हिम्मत भए पार्टी खोलेर चुनाव लड्न आए हुन्छ’

  • शनिवार, मंसिर ९ २०८०

  • 543
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्रलाई गगन थापाको चुनौती : ‘हिम्मत भए पार्टी खोलेर चुनाव लड्न आए हुन्छ’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न चुनौति दिनुभएको छ। आज नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलन उद्घाटन गर्दै महामन्त्री थापाले पूर्वराजाले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गर्दै हिम्मत भए पार्टी खोलेर चुनाव लड्न आउन चुनौती दिनुभएको हो।

    उहाँले भन्नुभयो ‘पूर्वराजाले पनि जुवाको च्याखे खालमा दाउ हान्ने होइन, च्याँखे खालमा दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ’उनले भने,‘जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ,(बहुमत) ल्याउने संविधान बदल्ने फेर्ने (राजतन्त्र) फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’

    पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले ज्ञानेन्द्र शाहलाई आफैं चुनाव लड्न आग्रह गर्नुभएको हो । नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै थापाले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने बताउनु भयो।

    कतिपयले बीपीले राजतन्त्र मानेका थिए, कांग्रेसले बीपीको बाटो छाड्यो भन्दा कांग्रेस कार्यकर्ता नाजवाफ हुन आवश्यक नभएको भन्दै थापाले गणतन्त्रमा गणतन्त्रमाथि नै प्रश्न उठाउन, गणतन्त्र चाहिँदैन भन्न र गणतन्त्र फाल्छु भन्न पाइने तर यतिमै सरकार भने आत्तिन जरुरी नभएको बताउनुभयो ।


    शनिवार, मंसिर ९ २०८००५:२०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij