Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्ड मरेको दिन जनताले खसी काटेर पाटि खान्छन् : दुर्गा प्रसाईं

ओली र प्रचण्ड मरेको दिन जनताले खसी काटेर पाटि खान्छन् : दुर्गा प्रसाईं

  • शनिवार, मंसिर ९ २०८०

  • 554
    SHARES

  • ओली र प्रचण्ड मरेको दिन जनताले खसी काटेर पाटि खान्छन् : दुर्गा प्रसाईं

    काठमाडौं। व्यवस्था परिवर्तनका लागी भन्दै काठमाडौंमा आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मरे नेपाली जनताले खसि काटेर पाटि खाने बताउनु भएको छ।

    आज काठमाडौंको सिफलमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईँले देश बनाउने अवसर खेर फालेर जनतालाई दुख मात्रै दिएकोले जनता आक्रोशित भएको भन्दै यस्तो बताउनु भएको हो ।

    उहाँले ०७४ को निर्वाचनको बेलामा ओली र प्रचण्डलाई सँगै राखेर आफूले देश बनाउने अवसर छ भनेर सम्झाएको स्मरण गराउँदै भन्नुभयो, ‘०७४ सालमा जुन दिन प्रचण्डको छोरो खस्नुभयो, त्यो दिन प्रचण्ड र ओली मेरो घरमा हुनुहुन्थ्यो, मैले त्यतिवेला एउटै मञ्चमा राखेर तपाईंहरु लि क्वान बन्नुहोस, महाथिर बन्नुहोस भनेको थिएँ। तपाईँहरु दुई जनालाई यो मौका आएको छ, तपाईंहरु मर्दाखेरि तपाईंहरुका फोटा मान्छेहरुले मूल ढोकामा राखेर पूजा गरुन्, यो कुरा मैले भनेको थिएँ ।’

    तर आज ठिक उल्टो भएको भन्दै आज जनता आजित भएको भन्दै भन्नुभयो,‘आज यिनीहरु मरे भनेनि यी नेपाली जनताले खसी काटेर खान्छन् । दुर्गा प्रसाईं एउटा सत्यवादी मान्छे हो। म तपाईंहरुलाई ढाँट्न र झुक्याउन आएको होईन। म भोट माग्न आउँदिनँ। पहिला नेपाल बलियो हुनुपर्छ। आफ्नो खुट्टा बलियो हुनुपर्दछ। यो देश तस्करहरुले सिध्याएका छन् ।’ उनले दुर्गा प्रसाईं भन्ने व्यक्ति मात्रै नभएर विचार भएको उल्लेख गर्दै अब नसकिने जिकिर गर्नुभयो ।


    शनिवार, मंसिर ९ २०८००४:०९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij