Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईं समूहले आज सिफलमा कार्यक्रम गर्ने

दुर्गा प्रसाईं समूहले आज सिफलमा कार्यक्रम गर्ने

  • शनिवार, मंसिर ९ २०८०

  • 1.1K
    SHARES

  • दुर्गा प्रसाईं समूहले आज सिफलमा कार्यक्रम गर्ने
    काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियानले आज काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्ने भएको छ । 
     
    काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।
     
    महाअभियानका सह प्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार भएको छलफलपछि सिफलमा बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिनुभएको छ । 
     
    उहाँले काठमाडौं जिल्ला प्रशासनमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीलगायतसँगको छलफलमा आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उद्देश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमति भएको बताउनुभयो ।


    शनिवार, मंसिर ९ २०८०१०:२३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij