Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

महिला हिंसा  अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरौं : राष्ट्रपति  पौडेल

महिला हिंसा  अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरौं : राष्ट्रपति  पौडेल

  • शनिवार, मंसिर ९ २०८०

  • 608
    SHARES

  • महिला हिंसा  अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरौं : राष्ट्रपति  पौडेल
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको अभियान, २०८० को शुभकामना सन्देश दिँदै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो ।
     
    महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर र महिला तथा पुरुषबिचको असमान शक्ति संरचनाको अन्त्य नगरेसम्म महिलाविरुद्धको हिंसा कम गर्न कठिन हुने स्पष्ट पार्दै उहाँले संविधानको मर्म र भावना अनुसार महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउने तथा असमान शक्ति संरचना परिवर्तन गर्नेतर्फ सबैलाई आजको दिनले प्रेरित गरोस् भन्ने कामनासमेत गर्नुभएको छ ।
     
    महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै वा प्रवर्द्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको उल्लेख गर्दै उहाँले समाजमा विद्यमान विकृति र विसङ्गतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुेपर्ने बताउनुहुँदै राष्ट्रपति पौडेलले भन्नुभएको छ सबै मिलेर महिलामाथि हुने हिंसा अन्त्य गरौँ ।
     
    समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा आह्वान गर्दै उहाँले महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि क्रियाशील सरकारी निकाय, सामाजिक सङ्घ संस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीहरूका साथै विभिन्न सञ्चार माध्यमलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वाससमेत लिनुभएको छ ।
     
    उहाँको सन्देशमा उल्लेख छ, ‘नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ तर पनि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक, छुवाछुत, घरेलु महिला हिंसा जस्ता कुप्रथाका कारण अझै पनि केही महिला दिदीबहिनीहरू विविध किसिमका हिंसा। विभेद र अपमानका पीडा खप्न बाध्य हुनुहुन्छ ।’
     
    संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिबारबाट सुरु भएको छ ।


    शनिवार, मंसिर ९ २०८००७:४७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij