Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दुर्गा प्रसाईंले दर्ता गराए सर्वोच्चमा रिट निवेदन

दुर्गा प्रसाईंले दर्ता गराए सर्वोच्चमा रिट निवेदन

  • शुक्रवार, मंसिर ८ २०८०

  • 1.5K
    SHARES

  • दुर्गा प्रसाईंले दर्ता गराए सर्वोच्चमा रिट निवेदन

    काठमाडौं । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको छ ।

    वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

    बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गर्नुभएका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गर्नुभएको थियो ।

    तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उहाँका केही समर्थकलाई नियन्त्रणमा लिइएको छ भने केहीलाई सम्झाइबुझाइ पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

    प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार प्रसाईंलाई उनकै सुरक्षा समवेदनशीलतालाई ध्यानमा राख्दै घरमै बस्न आग्रह गरिएको जनाएको छ ।


    शुक्रवार, मंसिर ८ २०८००४:४९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij