Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमा आज नेकपा संसदीय दलको नेता नयाँ चुनिन्छ : गुलाबजंग शाह

कर्णाली प्रदेशमा आज नेकपा संसदीय दलको नेता नयाँ चुनिन्छ : गुलाबजंग शाह

  • मंगलवार, आश्विन २७ २०७७

  • 1.1K
    SHARES

  • कर्णाली प्रदेशमा आज नेकपा संसदीय दलको नेता नयाँ चुनिन्छ : गुलाबजंग शाह

    काठमाडौं। नेकपा कर्णाली प्रदेश संसदीय दलका अपदस्त प्रमुख सचेतक गुलाबजंग शाहले आफुलाई हटाउने निर्णय अवैध भएको दावी गर्नुभएको छ ।

    अविश्वासको प्रस्ताव दर्ता भई निर्णय हुने प्रक्रिया अगाडि बढीसकेको प्रदेश संसदीय दलका नेताले दलको नेताको रुपमा कुनै निर्णय गर्न नमिल्ने उहाँको तर्क छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले भन्नुभयो“अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि उहाँले दलको नेताको रुपमा कुनै काम गर्न मिल्दैन, उहाँ अहिले पनि दलको नेता भएपनि विचाराधिन अवस्थामा हुनुहन्छ, त्यसैले उहाँका निर्णय बैध मानिदैन,” ।

    उहाँले आज दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको र त्यस बैठकले नयाँ संसदीय दलको नेता चयन गर्ने पनि दावी गर्नुभयो ।
    प्रदेश संसदीय दलले संभवतः यमलाल कँडेललाई संसदीय दलको नेता चयन गर्ने र संविधान अनुसार उहाँ नै मुख्यमन्त्री हुने उहाँले जानकारी दिनुभयो ।

    उहाँले तत्कालिन एमाले र माओवादीका गरी कुल ३२ प्रदेश सभा सदस्य रहेकोमा १८ जनाले उहाँको विपक्षमा हस्ताक्षर गरेकाले उहाँ हट्ने सुनिश्चि भइसकेको दावी गर्नुभयो ।

    नेकपा विधान, मुल्यमान्यता, संघीयता, लोकतान्त्रीक मर्म अनुसार चल्ने भएकाले केन्द्रको निर्देशन नचल्ने र निर्देशन पनि नआउने अपदस्त प्रमुख सचेतक शाहले दावी गर्नुभयो ।

    केन्द्रले भनेर अविश्वासको प्रस्ताव दर्ता नगरिएकाले फिर्ता पनि केन्द्रले भनेर नहुने उहाँको तर्क थियो । केन्द्रका कुनै पनि नेताले आफुलाई प्रस्ताव फिर्ताका लागि दवाव नदिएको जानकारी दिदै उहाँले कर्णाली प्रदेश संसदीय दलमा एमाले र माओवादी भन्ने गुट नभएको दावी गर्नुभयो ।

     

     


    मंगलवार, आश्विन २७ २०७७०७:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij