Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन, समर्थकको भिड

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन, समर्थकको भिड

  • बिहिवार, मंसिर ७ २०८०

  • 920
    SHARES

  • बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन, समर्थकको भिड

    काठमाडौं । काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ ।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका छन् ।

    उनीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण चक्रपथमा यातायात सञ्चालन हुन सकेको छैन । प्रदर्शनकारीहरु बल्खुबाट माइतीघरतर्फ जाने भन्दै कालीमाटीतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको छ । त्यस क्रममा प्रहरीसँग धकेलाधकेल भएको छ ।

    प्रसाईं समूहले काठमाडौंको माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले त्यहाँ निषेधित घोषणा गरेर बल्खुमा प्रदर्शनस्थल तोकेको थियो । जनप्रशासन क्याम्पसबाहिरको सडकमा प्रदर्शनको लागि तोकेपनि प्रदर्शनकारीहरु चक्रपथमा आएका थिए ।

    चक्रपथमा बिहीबार विहान युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थकबीच केहीबेर सामान्य झडप भएको थियो ।


    बिहिवार, मंसिर ७ २०८००२:१४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij