Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बल्खुमा झडप र ढुंगामुढा, दुईजना घाइते

बल्खुमा झडप र ढुंगामुढा, दुईजना घाइते

  • बिहिवार, मंसिर ७ २०८०

  • 1.5K
    SHARES

  • बल्खुमा झडप र ढुंगामुढा, दुईजना घाइते

    काठमाडौं। काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ ।कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो ।

    दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । युवा संघले भने तीनकुनेमा प्रदर्शन गर्दै छ ।

    ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ ।

    उक्त झडपमा दुईजना घाइते भएका छन् ।घाइते दुईजनालाई बयोधा अस्पतालमा लगिएको छ । रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो ।

    यसअघि, कार्यक्रममा सहभागीहरुले तोडफोड गरेका थिए । बल्खु चोकमा प्रसाईंका समर्थकहरूले पार्किङ गरेर राखिएको मोटरसाइकलहरू लडाएका छन् ।

    एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन् । उनीहरुले युवा संघका कार्यकर्ताले ढुंगा हानेको बताएका छन् ।

    युवा संघका कार्यकर्ताले आफूहरुको प्रदर्शनमा प्रवेश गरेर ढुंगा हानेको प्रसाईं समूहको दाबी छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।


    बिहिवार, मंसिर ७ २०८००१:११:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij