Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रदेश २ मा प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धीका विधेयक पारित

प्रदेश २ मा प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धीका विधेयक पारित

  • सोमवार, आश्विन २६ २०७७

  • 1.4K
    SHARES

  • प्रदेश २ मा प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धीका विधेयक पारित

    प्रदेश २ सभाबाट प्रदेश पदक र स्वास्थ्य सेवा सम्बन्धी दुई विधेयक पारित भएका छन् । प्रदेश सभाबाट स्वास्थ्य सेवामा नागरिकको पहुँच र सेवा प्रभावकारी बनाउन समाजिक विकास मन्त्री नवल किशोर साहले आज प्रस्ताव गरेको स्वास्थ्य सेवा सम्बन्धी विधेयक सर्वसम्मत पारित भएको हो ।

    संसदीय समितिमा छलफलपछि आज प्रदेश सभामा मन्त्री साहले स्वास्थ्य सेवा विधेयक पारितका लागि प्रस्ताव गरेका थिए । प्रदेशमा उत्कृष्ट कार्य गर्नेलाई प्रदेश सरकार स्थापना दिवसको अवसरमा १५ पदकबाट सम्मन गर्ने विधेयक प्रदेश पदक पनि पारित भएको छ । विधेयकमा सरकारले सम्मानित गर्ने व्यक्तिलाई नगद पुरस्कार समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    मनोबल बढाउन सरकारले दिने पदक वितरण गर्दा अख्तियार गर्ने विधि र प्रक्रिया सहि नभए पदकको अपमान हुने भन्दै वितरण समिति प्रभावकारी बनाउन सांसदहरुले सुझाव दिएका छन्।

    बैठकबाट प्रदेश २ को जाँचबुझ आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि विधेयकमा सैद्धान्तिक छलफलपछि सम्बन्धित समितिमा पठाइएको छ । बैठकमा वन विधेयक र दुग्द्य विकास बोर्डको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेश गरिएको थियो ।


    सोमवार, आश्विन २६ २०७७०४:५६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij