Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

देश बर्बाद भयो, गठबन्धनले तत्काल सरकार छोड्नुपर्छ : केपी ओली

देश बर्बाद भयो, गठबन्धनले तत्काल सरकार छोड्नुपर्छ : केपी ओली

  • बुधवार, मंसिर ६ २०८०

  • 455
    SHARES

  • देश बर्बाद भयो, गठबन्धनले तत्काल सरकार छोड्नुपर्छ : केपी ओली

    काठमाडौं,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले तत्काल सरकार छोड्नुपर्ने बताउनु भएको छ।

    आज पार्टी कार्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले गठबन्धनले सरकार छोड्नुपर्ने बताउनुभयो ।

    ओलीले सरकारले प्रतिगामी शक्तिहरुलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको आरोप लगाउँदै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी दिनुभयो।

    ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी गर्दै देश सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने दावी गर्नुभयो।

    देश अप्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्त्वहरू सल्बलाएको भन्दै गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको आरोप लगाउनुभयो।


    बुधवार, मंसिर ६ २०८००४:४७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij